विदेशी मुद्राको सञ्चिति बढेर बजेट हाराहारी पुग्यो, एक वर्षभन्दा बढीको आयात धान्न पुग्ने
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै विदेशी मुद्राको सञ्चिति बढेर झण्डै वार्षिक बजेटको हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशी मुद्राको सञ्चिति ६.७ प्रतिशतले बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको हो ।
जबकि सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको वार्षिक बजेट १६ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको मात्र हो ।
२०८० असार मसान्तमा यस्तो विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६करोड बराबर रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ३३ अर्ब ३६ करोड पुगेका छ भने अन्य बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० असोज मसान्तमा ८.३ प्रतिशतले वृद्धि भई २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण