पहिले पनि अपराधमा संलग्न थिए आरोपित गोपाल
काठमाडौँ । मुगु सामूहिक हत्या प्रकरणमा जोडिएका आरोपित गोपाल बोहोरा यसअघि पनि हत्या प्रयासमा संलग्न व्यक्ति रहेको खुलासा भएको छ । मुगु सामूहिक हत्या प्रकरणको अनुसनधानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार गोपाल यसअघि पनि व्यक्ति हत्याको प्रयासमा पक्राउ परेका व्यक्ति हुन् ।
गत कात्तिक ८ गते मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या भएको थियो । हत्यामा संलग्न दुई व्यक्तिलाई कात्तिक २० र २१ गते पक्राउ गरिएको थियो ।
पक्राउ गरिएका गोपाल बोहोरा नाम गरेका आरोपित यसअघि पनि व्यक्तिको हत्या प्रयासमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार गोपालले यसअघि पनि एक व्यक्तिलाई छुरा प्रहार गरी हत्याको प्रयास गरेका थिए । तर पछि स्थानीय बासिन्दा, स्थानीय प्रहरी र पीडक र पीडित पक्षबीच छलफल भई पीडितको उपचार र क्षतिपूर्ति तिरी मिलापत्र गरिएको पाइएको छ ।
पहिले के कसरी मिलापत्र भएको थियो, त्यस विषयमा जानकारी नभएपनि पहिलेको घटनाबारे पनि जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
श्रीदेवी बोहोरा लगायत उनका तीन छोराछोरीको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । पक्राउ परेका गोपाल बोहोराले पनि लुटपाटका उद्देश्यबाट नै श्रीदेवीको हत्या गरिएको र हत्यापछि श्रीदेवीले कानमा लगाएको दुईवटा रिङ र तिलहरी लुटेर लगेको बयान दिएका छन् ।
हत्यामा संलग्न रहेको भन्दै प्रहरीले साविक पिना गाविस –७, मुगु घर भएका काले भन्ने गोर्खराज शाही ठकुरी र गोपाल बोहोरालाई पक्राउ गरेको छ । उनीहरुलाई केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण