जाजरकोट र रुकुमपश्चिममा मात्रै २६ हजार ३७० घरमा पूर्ण क्षति
काठमाडौँ । गत कत्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा गरी २६ हजार ३७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाले बुधबार बिहान गरेको अपडेटअनुसार जाजरकोटमा पूर्ण क्षति भएका घर ९ हजार ७९४ रहेका छन् भने आंशिक क्षति भएका घरहरु २४ हजार ७०७ वटा रहेका छन् ।
त्यस्तै रुकुम पश्चिममा पूर्ण क्षति भएका घर बढी छन् । यो जिल्लामा १६ हजार ५७० वटा घरमा पूर्ण क्षति हुँदा आंशिक क्षति भएका घर ९ हजार ९६१ वटा रहेका छन् ।
त्यस्तै सल्यानमा १५१ वटा, रोल्पामा २५ र दैलेखमा एक घर पुर्ण क्षतिग्रस्त भएका छन् । वैतडी र कालिकोटमा एकएक र जुम्लाका ५ घर पनि पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । शाखाका अनुसार सबै जिल्लामा पूर्ण क्षति भएका घर २६ हजार ५५७ र आशिंक क्षति भएका घरहरुमा ३५ हजार ४५५ वटा रहेका छन् । उक्त भूकम्पमा परी जजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण