वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : यू-१४ सिंगल्स स्पर्धाको उपाधि शिभालीको पोल्टामा
काठमाडौँ । शिभाली गुरुङले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यू-१४ गल्र्स सिंगल्स स्पर्धामा शुक्रबार स्वर्ण पदक जितेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनल खेलमामा शिभालीले स्वस्तिका विष्टलाई ६-३ र ६-१ को सोझो सेटमा पराजित गरिन् ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा संयुक्त आयोजित उक्त प्रतियोगिताको भेट्रान (३५ वर्षमाथि) पुरुष डबल्स स्पर्धामा सन्तोष खत्री र सुवास बस्नेतको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा महेश श्रेष्ठ र अनिल शाइको जोडीलाई सीधा सेटमा ६-३ र ६-४ अंकले हरायो ।
योसँगै प्रतियोगितामा समावेश विभिन्न २३ स्पर्धामध्ये २० स्वर्णको छिनोफानो भइसकेको छ । बाँकी तीन स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ । सोही दिन प्रतियोगिताकै दुई मुख्य स्पर्धा पुरुष र महिला सिंगल्ससहित भेट्रान (३५ वर्षमाथि) पुरुष सिंगल्सको फाइनल हुनेछ ।
पुरुष सिंगल्स स्पर्धामा प्रदीप खड्काले ऋतिक राणासँग खेल्ने छन् । महिला सिंगल्स स्पर्धाको फाइनलमा अभिलाषा विष्टले प्रकृति श्रेष्ठविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स स्पर्धामा कमलबहादुर भण्डारी र जितेन्द्र परियारबिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण