बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

होण्डाको दसैँमा दश लाख योजना छठ पर्वसम्म लम्ब्याइयो

शुक्रबार, २४ कात्तिक २०८०, १६ : ४६
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको आकर्षक उपहार योजना ‘दशैंमा दश लाख’ को समयावधि थप गरिएको छ ।  कम्पनीले छठ पर्वसम्मको लागि योजनाको अवधि थप गरेको हो । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्नेछन् । 

यसका साथै ‘चोइस योर स्किम’ अन्र्तगत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा रु. १२,५०० बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् ।  कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “रु. १ फाइनान्स योजना”  मा पनि यो “दशैंमा दश लाख” योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा रु. १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ । 

स्क्र्याच कुपन मार्फत १० लाख सम्मको नगद पुरस्कार जित्न सकिने यो योजनामा हाल सम्म सुनिल सापकोटा, मनोज कुमार शाह,तारा शिरिष थापा मगर, नीरज चौधरी, भरतपुरका हरि प्रसाद पौडेल, शुशीला कुमारी कार्कीले स्त्र्mयाच कुपनमा २५ हजार जितेका छन् । 

साथै यो उपहार योजनाका साथमा दस हजार र पाँच बर्षका लागि मर्मतसम्भार मध्ये कुनै एक रोज्न सकिने अर्को स्क्र्याच कुपन उपहार योजना पनि समावेस छ । उमेश रायमाझीले भने स्क्र्याच कुपनमार्फत् २५ हजार र थप स्क्र्याच कुपन उपहार योजना बाट थप ७ हजार गरि जम्मा ३२ हजार जितेका छन् । 
त्यस्तै, डिकेश महर्जनले स्क्र्याच कुपन मार्फत् नगद रु. ३० हजार जितेका छन् ।

उक्त उपहार योजना अन्तर्गत नै बिमल बहादुर प्रजापतिले स्त्र्mयाच कुपन मार्फत् ५० हजार नगद जितेका छन् । सरोज पोख्रेल र प्रेमबहादुर खत्रीले स्क्र्याच कुपन मार्फत् क्रमसः नगद रु. एक लाख र नगद रु. दुई लाख जित्न सफल भएका छन् । ‘होण्डा छ साथ साथ’ नाराका साथ कम्पनि ले लिएर आएको ‘होण्डा दशैँमा दस लाख’ उपहार योजना अन्तर्गत स्क्र्याच कुपनमार्फत अहिले सम्म जितिएको सर्वाधिक ठुलो धनरासी भने ५ लाख रुपैयाँ रहेको छ ।  धादिङ्गका राम कुमार श्रेष्ठले यस उपहार योजना अन्तर्गत अहिले सम्ममा सर्वाधिक ठुलो रकम उपहार रु. ५ लाख जितेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप