रुपन्देहीको तिलोत्तमामा मङ्सिर १ गतेदेखि व्यापार मेला
बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८० हुने भएको छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम् पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ महोत्सव हुने लागेको हो ।
महोत्सवमा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादन, आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा मेला मूल आयोजक समितिका अध्यक्ष गुणनिधि भण्डारीले प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने बताए ।
मेलामा औद्योगिक प्रविधि, रेस्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत विभिन्न प्रकृतिका ३०० स्टलहरू रहने संयोजक भण्डारीले बताए ।
मेला तथा महोत्सवलाई मनोरञ्जनात्मक बनाउनको लागि लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरूको प्रस्तुति, साङ्गीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरू रहने छ ।
महासचिव राजकुमार पाण्डेयले मङ्सिर १२ गतेसम्म सञ्चालन हुने मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित देशभरका एक सय स्थानमा बर्डफ्लु फैलियो, कसरी सर्छ मानिसमा ?
-
बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो
-
अख्तियारका डीआईजीको सरुवा, खनालको ठाउँमा पौडेलको ‘इन्ट्री’
-
राष्ट्रसेवक कि जीविकाका लागि संघर्षरत मजदुर ?
-
देउवा समूहको निष्कर्ष : संस्थापन पार्टी एकतामा गम्भीर छैन
-
आन्तरिक पर्यटकको मुख्य रोजाइ काठमाडौँ र पोखरा, केमा गर्छन् धेरै खर्च ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण