समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी
अहमदाबाद । आईसीसी एकदिवसीय विश्वकपको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा १५ बल अगावै पछ्यायो ।
रासी भार डेर डुसेनले नटआउट रहँदै ७६ रन बनाएर टोलीलाई जीतसम्म डोर्याए । उनलाई एन्डिले फेलुकवायोले नटआउट रहँदै ३९ रन बनाएर राम्रो साथ दिए । ओपनर क्वीनटन डी ककले ४१ रनको योगदान दिए भने ऐडन मारक्रमले २५ तथा डेभिड मिलरले २४ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले नटआउट रहँदै सर्वाधिक ९७ रनको पाली खेले । शतक बनाउन मात्र तीन रनले चुकेका उनले १०७ बलमा ७ चौका र ३ छक्का हिर्काए ।
अन्य ब्याट्सम्यानहरुले भने खासै ठुलो योगदान दिन सकेनन् । रहमत शाह र नुरु अहमदले २६–२६ रन बनाए भने ओपनर रहमानुल्लाह गुरबाजले २५ रन बनाए । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ४ तथा लुंगी एनगिडी र केशव महाराजले २–२ विकेट लिए ।
समूह चरणका ९ खेलपछि दक्षिण अफ्रिका १४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ । टोली समूह चरणमा भारत र नेदरल्याण्ड्ससँग मात्र पराजित भएको थियो । अफगानिस्तान ८ अङ्क बनाउँदै छैटौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण