६० प्रतिशत भूकम्पपीडितलाई राहत वितरण

कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भूकम्पपीडितलाई एक सातामा ६० प्रतिशत राहत वितरण गरिएको बताएका छन् ।
भूकम्पमा परेकाको उद्धारसँगै जाजरकोट र रुकुमपश्चिमका ६० प्रतिशत भूकम्पपीडितलाई हवाई तथा स्थलगत दुवै मार्ग प्रयोग गरेर राहत वितरण गरिएको उनले बताए । उनका अनुसार भोलिसम्म सबै पीडितले राहत प्राप्त गर्नेछन् ।
“भग्नावशेषमा परिणत भएका घरका पीडितलाई त अनिवार्य राहत वितरण गर्नु नै पर्नेभयो,” मन्त्री जिसीले भने, “कच्ची घर भएका तर भूकम्पको त्रासले बाहिर बसेकालाई पनि त्रिपाल, लत्ताकपडा, भाडावर्तनलगायत बन्दोबस्तीका सामग्री सहयोग गर्नुपर्ने भएकाले राहतको परिमाण बढाउनुपर्ने भएको छ ।”
त्यसका साथै भूकम्प प्रभावित स्थानीय तहमार्फत राहतका काम गर्नेगरी प्रदेश सरकारद्वारा रु दुई करोड ४५ लाख वित्तिय हस्तान्तरण गरिएको बताउँदै मन्त्री जिसीले विपद् व्यवस्थापन कोषमा कोशी प्रदेशबाट रु एक करोड र एनसेलबाट रु ५० लाख जम्मा भएको जनाकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो