शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा पुनः कोरोना : अक्टोबरमा २४ जनाको मृत्यु

शनिबार, २५ कात्तिक २०८०, १३ : ०४
शनिबार, २५ कात्तिक २०८०

बेइजिङ । चीनमा पुनः कोरोना सङ्क्रमण फैलिएको छ । अक्टोबर महिनामा चीनमा सङ्क्रमणका २०९ वटा केसहरू देखापरेका हुन् ।

यस दौरान सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि चिनियाँ अधिकारी हरले उनीहरूको मृत्यु कोरोनाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्याबाट नभएको स्पष्ट पारेका छन् ।

यी मृत्युहरू कोरोना र अन्य रोगका कारण भएको र यसमा कोरोना सङ्क्रमणबाट जिम्मेवार नभएको उनीहरूको भनाई छ । चीनमा पछिल्लो वर्ष डिसेम्बरमा कोरोना सङ्क्रमण बढेको थियो ।

त्यतिबेला चीनका स्वास्थ्य अधिकारीहरूले केही महिनाभित्र ८० करोड मानिस कोरोनाबाट सङ्क्रमित भएको आशङ्का जताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप