इजरायलद्वारा हमासको आक्रमणमा मारिनेको सङ्ख्या संशोधन, भन्यो, ‘१४ सय होइन, १२ सयको मृत्यु’
शनिबार, २५ कात्तिक २०८०, १३ : ०८
तेल अभिभ । इजरायलले हमासको आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या परिमार्जन गरेको छ । इजरायलले यसअघि अक्टोबर ७ मा हमासको आक्रमणमा आफ्ना १४ सय मानिस मारिएको बताएको थियो। तर अहिले उसले मृत्यु हुनेको सङ्ख्या १२ सयको हाराहारीमा रहेको बताएका छन् ।
इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले आक्रमणपछि मारिएकाहरूको तत्काल पहिचान हुन नसकेको बताए । उनका अनुसार मारिनेमा धेरै चरमपन्थी समूहका पनि थिए । त्यही भएर अहिले मृत्यु हुनेको सङ्ख्यालाई परिमार्जन गरिएको हो ।
यस आक्रमणको जवाफमा इजरायलले गाजामा जवाफी कारबाही सुरु गरेको थियो । यसमा ठुलो सङ्ख्यामा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । हमासको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणमा हालसम्म ११ हजार ७८ जनाको ज्यान गएको र करिब २७ हजार मानिस घाइते भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण