तिहारमा साँझ ८ बजेदेखि राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो ।
शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताए । उनले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने बताए । उनले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताए ।
उनले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवद्र्धन गर्न सहुलियत गर्न ४ ठाउँमा स्टल राख्ने बताए । उनले ४ ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताए ।
उनले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरुका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले शुरु गरेको बताए । उनले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न सबैले पहल र व्यवस्थित रुपमा अघि बढ्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण