आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
कुकुर तिहार

अपराध अनुसन्धानमा उत्कृष्ट कुकुर ‘रियो’

प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई पुरस्कार
आइतबार, २६ कात्तिक २०८०, ११ : २७
आइतबार, २६ कात्तिक २०८०

काठमाडौँ । अपराध अनुसन्धानमा यसवर्ष ‘रियो’ उत्कृष्ट कुकुर ठहरिएको छ । जर्मन सेफर्ड जातको ‘रियो’ अहिले नेपालगन्जमा छ । तिन–चारवटा अपराधको घटना अनुसन्धानमा ‘रियो’ले राम्रो काम गरेको हुनाले वर्षको उत्कृष्ठ कुकुरबाट पुरस्कृत गरिएको नेपाल प्रहरी केनाइन महाशाखाका डिएसपी डा.रामचन्द्र सत्यालले रातोपाटीलाई बताए । 

अपराध अनुसन्धानमा खटिने कुकुरहरूलाई प्रहरीको केनाइन महाशाखामा पूजा गरिएको छ । कुकुर तिहारको अवसरमा महाराजगन्जस्थित केनाइन महाशाखामा कुकुरहरूले कला प्रदर्शनी गरेका छन् । 

कला प्रदर्शनीमा जर्मन सेफर्ड जातको कुकुर ‘टाइगर’ रनिङतर्फ प्रथम भएको छ । टाइगरलाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले पुरस्कृत गरेका छन् । बाधापार र हाई जम्पमा ‘रोज’ प्रथम भएको छ । बेल्जियन सेफर्ड जातको रोजलाई पनि एआईजी तामाङले मेडल सहित पुरस्कृत गरेका हुन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

dog-nepali-police-tihar (1)dog-nepali-police-tihar (2)dog-nepali-police-tihar (3)dog-nepali-police-tihar (4)dog-nepali-police-tihar (5)dog-nepali-police-tihar (6)dog-nepali-police-tihar (7)dog-nepali-police-tihar (8)dog-nepali-police-tihar (9)dog-nepali-police-tihar (10)dog-nepali-police-tihar (11)dog-nepali-police-tihar (12)dog-nepali-police-tihar (13)dog-nepali-police-tihar (14)dog-nepali-police-tihar (15)dog-nepali-police-tihar (16)dog-nepali-police-tihar (17)dog-nepali-police-tihar (18)dog-nepali-police-tihar (19)dog-nepali-police-tihar (20)dog-nepali-police-tihar (21)dog-nepali-police-tihar (22)dog-nepali-police-tihar (23)dog-nepali-police-tihar (24)dog-nepali-police-tihar (25)dog-nepali-police-tihar (26)dog-nepali-police-tihar (27)dog-nepali-police-tihar (28)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप