मृणालसँग डेट गर्दैछन् बादशाह

नयाँ दिल्ली । भारतका चर्चित गायक तथा र्यापर बादशाह प्रायः आफ्नो गीतका कारण चर्चामा रहन्छन् । यतिबेला भने उनी आफ्नो निजी जीवनका कारण चर्चामा छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीको दिवाली पार्टीको एउटा भिडियो बाहिरिएको छ ।
सो भिडियोमा बादशाह अभिनेत्री मृणाल ठाकुर एकअर्काको हात समातेर हिँडिरहेको देखिएका छन् । बादशाह मृणाललाई उनको गाडीसम्म छोड्न गएका थिए । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियो बाहिरिएलगत्तै यी दुई सम्बन्धमा रहेको हुनसक्ने चर्चा चलिरहेको छ । मृणालले पनि आफ्नो इन्ष्टाग्रामको स्टोरीमा पार्टीका कयौं तस्बिरहरु शेयर गरेकी थिइन् ।
भिडियो सार्वजनिक भएसँगै केही फ्यान उनीहरु बीचको सम्बन्ध साँचो होस् भन्ने कामना गर्न लागेका छन् । सोही क्रममा केही फ्यानले भने बादशाह विवाहित होइनन् भनेर प्रश्न गरेका छन् । बादशाहले जश्मिन मसिहसँग बिहे गरेका थिए । सन् २०२० मा यिनीहरुको सम्बन्ध बिच्छेद भएको थियो । बादशाहकी ७
वर्षकी एक छोरी पनि छिन् । यसअघि मृणालले बादशाहको ‘ब्याड ब्वाई ब्याड गर्ल’ भन्ने भिडियोमा पनि काम गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर