मृणालसँग डेट गर्दैछन् बादशाह
नयाँ दिल्ली । भारतका चर्चित गायक तथा र्यापर बादशाह प्रायः आफ्नो गीतका कारण चर्चामा रहन्छन् । यतिबेला भने उनी आफ्नो निजी जीवनका कारण चर्चामा छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीको दिवाली पार्टीको एउटा भिडियो बाहिरिएको छ ।
सो भिडियोमा बादशाह अभिनेत्री मृणाल ठाकुर एकअर्काको हात समातेर हिँडिरहेको देखिएका छन् । बादशाह मृणाललाई उनको गाडीसम्म छोड्न गएका थिए । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियो बाहिरिएलगत्तै यी दुई सम्बन्धमा रहेको हुनसक्ने चर्चा चलिरहेको छ । मृणालले पनि आफ्नो इन्ष्टाग्रामको स्टोरीमा पार्टीका कयौं तस्बिरहरु शेयर गरेकी थिइन् ।
भिडियो सार्वजनिक भएसँगै केही फ्यान उनीहरु बीचको सम्बन्ध साँचो होस् भन्ने कामना गर्न लागेका छन् । सोही क्रममा केही फ्यानले भने बादशाह विवाहित होइनन् भनेर प्रश्न गरेका छन् । बादशाहले जश्मिन मसिहसँग बिहे गरेका थिए । सन् २०२० मा यिनीहरुको सम्बन्ध बिच्छेद भएको थियो । बादशाहकी ७
वर्षकी एक छोरी पनि छिन् । यसअघि मृणालले बादशाहको ‘ब्याड ब्वाई ब्याड गर्ल’ भन्ने भिडियोमा पनि काम गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण