चिनियाँ कम्युनिस्ट पार्टीले दलहरूलाई दियो २ करोड ७४ लाख बराबरको राहत सामाग्री
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलहरूलाई २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।
बुधबार होटेल याक एण्ड यतिमा मुख्य दलका नेताहरूको उपस्थितिमा सो राहत सामाग्री हस्तान्तरण गरेको हो । कर्णाली प्रदेशका भूकम्पीडितहरूका लागि राजनीतिक दलहरुमार्फत प्रभावित क्षेत्रमा पुर्याउने कांग्रेसका नेता रामहरि खतिवडाले बताए । छठ पर्वपछि उक्त सामाग्री भूकम्पपीडितलाई हस्तान्तरण गर्ने खतिवडाले बताए ।
‘चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री नेपाली राजनीतिक दलहरूलाई हस्तान्तरण गरेको छ । अब छठलगत्तै उक्त सामाग्री एक द्वार प्रणालीमार्फत भूकम्पपीडितलाई हस्तान्तरण गरिन्छ’, खतिवडाले रातोपाटीसँग भने ।
खतिवडाका अनुसार दलहरूलाई छुट्टाछुट्टै राहत सामाग्री उपलब्ध गराएको हो । हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, कांग्रेसबाट खतिवडा, एमालेबाट विदेश विभाग प्रमुख राजन भट्टराई, जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठ सहभागी भएको खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण