भारतीय कप्तान रोहित शर्माको १२ वर्ष पुरानो ट्वीट किन भइरहेको छ भाइरल ?
नयाँ दिल्ली । एकदिवसीय विश्वकपमा शानदार फर्ममा चलिरहेको भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा यतिबेला करोडौँ भारतीयको नजरमा छन् । न्युजिल्याण्डविरुद्ध बुधबारको खेलमा कप्तान शर्माले विन्दास शैलीमा खेल्दै ४७ रन बनाए । देशमात्र नभएर विदेशमा पनि इनिङ्सको सुरुवातमा तीव्र गतिमा रन जुटाउने उनको अन्दाजको तारिफ भइरहेको छ ।
यसैबिच शर्माको १२ वर्ष पुरानो सन् २०११ को एक ट्वीट भाइरल भइरहेको छ । यो ट्वीट त्यतिबेलाको हो जब सन् २०११ को विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको थियो । शर्माले विश्ककप टोलीमा स्थान बनाउन सकेका थिएनन् ।
शर्माले ३१ जनवरीमा आफ्नो ट्वीटर अकाउन्टमा लेखेका थिए, ‘वास्तवमा विश्वकप टोलीको हिस्सा हुन नसक्दा निकै दुःखी छु । म यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ । तर, इमानदार भएर भन्दा यो ठुलो झट्का हो ।’
शर्माले पछिल्लो १२ वर्षमा जसरी क्रिकेटका तीनवटै फर्म्याटमा आफूलाई स्थापित गरेका छन्, त्यसले उनी साँच्चिकै अगाडि बढेको पुष्टि हुन्छ । शर्मालाई मात्र नभएर भारतीय टोलीका हालका प्रमुख प्रशिक्षक राहुल द्रविडलाई पनि सन् २०११ को विश्वकप टोलीको हिस्सा बनाइएको थिएन ।
भारतीय टोलीले सन् २०२३ को विश्वकप जितेको खण्डमा कप्तान शर्मा र प्रशिक्षक द्रविडले विश्व विजेता टोलीको हिस्सा नभएको दुःखलाई खुसीमा बदल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण