विश्वकप छनोट फुटबल : पहिलो हाफमै यूएईसँग चार गोल खायो नेपालले
काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले पहिलो हाफमै चार गोल खाएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको उक्त खेलमा घरेलु टोलीले पहिलो हाफमै नेपाललाई ४—० गोलले पछि पारेको हो ।
समूह ‘एच’ अन्तर्गतको उक्त खेल सुरु भएको ११ औँ मिनेटमै घरेलु टोली यूएईले गोल गरेको थियो । यूएईका लागि खलिफा अल हमादीले गोल गरेका थिए । यूएईले खेलको पहिलो हाफमै दोस्रो गोल पनि गरेको थियो ।
यूएईका लागि दोस्रो गोल निर्धारित समयको ३७ औँ मिनेटमा अली मबखोउतले पेनाल्टीमार्फत गरेका थिए । यूएईका लागि तेस्रो गोल पनि निर्धारित समयको ४४ औँ मिनेटमा अली मबखोउतले नै गरेका थिए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यूएईका लागि फाबियो लिमाले चौथो गोल थपेका थिए ।
सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट प्रतियोगिता हो । यो खेलपछि नेपालले यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ । नेपालको समूहमा यूएईका अतिरिक्त यमन र बहराइन पनि छन् ।
नेपालले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ । यमनविरुद्धको पहिलो लेग खेल मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने कार्यक्रम छ ।
नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणको खेल खेल्ने अवसर पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण