चीन-मंगोलिया सीमा बन्दरगाह व्यापारको मात्रा बढ्दै
शुक्रबार, ०१ मङ्सिर २०८०, १८ : ५१
होहोट । चीन-मंगोलिया सीमामा रहेको सबैभन्दा ठूलो भूमि बन्दरगाह एरेनहोटले यस वर्ष आयात र निर्यात कार्गो मात्रामा वृद्धि भएको जनाएको छ ।
स्थानीय भन्सार कार्यालयले जनाए अनुसार उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको बन्दरगाहले यस वर्ष, शुक्रबारसम्म १ करोड ५० लाख टनभन्दा बढीको आयात र निर्यात कार्गो थ्रुपुट ह्यान्डल गरेको छ जुन गत वर्षको तुलनामा ३३.४ प्रतिशतले बढी हो ।
बन्दरगाहबाट हुने आयात र निकासीमा मुख्यतया सवारी साधन, सेलफोन, कोइला र काठ समावेश रहेको स्थानीय भन्सारका एक जना अधिकारीले जनाएका छन् ।
हालसम्म बन्दरगाहले १० भन्दा बढी देशहरूमा ६० भन्दा बढी विदेशी गन्तव्यहरू जोड्दै चीन-युरोप मालवाहक रेलहरूको १३,००० भन्दा बढी यात्राहरू तय गरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण