जनकपुरमा छठ पर्व : बजारमा किनमेल गर्नेको घुइँचो (फोटोफिचर)
जनकपुरधाम । जनकपुरमा छठ पर्वका लागि बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ । तस्बिरमा देखिएको भिडभाड धनुषाको सबैभन्दा ठुलो बजार एवम् व्यापारिक केन्द्र सखुवा बजारको हो । यतिबेला बजारमा किनमेल गर्नेहरूको ठुलो भीड छ ।
_m6xId9DtiV.jpg)
पूजाका लागि चाहिने हरियो तरकारी, स्याउ, केरा, सुन्तला, काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिँगडा, मूला, अदुवा, कागती, सखर र अर्घपात बदही सहितका सामग्रीहरू खरिद गर्नमा व्रतालुहरू व्यस्त छन् । त्यस्तै पूजाको लागि आवश्यक माटोका सामग्रीहरू हात्ती, दीप, ढकना, कोशिया, कुरवार र बाँसका सामग्रीहरू नाङ्लो, ढाकी, कोनिया, डगरी लगायतका सामग्रीहरू पनि उनीहरुले खरिद गर्ने गरेका छन् ।
_1Jf3L9B4Tc.jpg)
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्व शुक्रवारदेखि सुरु भएको छ । आज छठ पर्वको दोस्रो दिन खरना विधिमार्फत पर्व मनाइँदै छ । खरनामा व्रतालुहरूले नुहाएर चोखो भई साँझपख सख्खरको खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।
_qGSEoFzAr7.jpg)
शुक्रवार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधि पूरा गरेका ब्रतातुले कात्तिक शुक्ल पञ्चमीका दिन अर्थात आज दिनभर निराहार व्रत बस्ने र राति सख्खरमा पकाइएको अरबा (चामलको खीर) कुल देवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खाने चलन छ ।
_75lza6jlId.jpg)
षष्ठी तिथिका दिन (आइतबार) व्रतालु निराहार व्रत बसेर साँझपख जलाशयमा पुगेर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गर्छन् र रातभर जाग्राम बस्ने चलन छ ।
त्यस्तै सप्तमीका दिन (सोमबार) बिहानै उदाउँदो सूर्यलाई अर्घ दिँदै व्रतालुहरूले कथा सुनेपछि छठ पर्व सम्पन्न हुन्छ ।
_hyKhSHGBUF.jpg)
केही वर्ष अघिसम्म तराई मधेस तथा भारतको बिहारमा मात्रै मनाउने यो पर्व अहिले राजधानी काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।
_yU3LWfcXNi.jpg)
_GsV8Cmprag.jpg)
_n48zGYlLRw.jpg)
_VeLhVof4gs.jpg)
_q6b5ID76Bt.jpg)
_IAKHM0Kr2Z.jpg)
_NX4DSZod0y.jpg)
_3Q2IDGpTbL.jpg)
_0gk9OMQZo5.jpg)
_qv2IxfodfL.jpg)
_B3MDXN5LOb.jpg)
_xgrxelPsP0.jpg)
_zoouP2HGrI.jpg)
_rbMPB91uaV.jpg)
_iRHZafd7yw.jpg)
_TVN9M6u7He.jpg)
_4xHBmwmjtL.jpg)
_rK54xBdHwr.jpg)
_a1JBTPEzlR.jpg)
_c2o4CMF119.jpg)
_bPBaCtA63s.jpg)
_1R7AVXzFgV.jpg)
_057gwZLpMV.jpg)
_KPgRf0B4tF.jpg)
_H9kpDxExXq.jpg)
_tXm3xE6kKY.jpg)
_Z56f7Dde5X.jpg)
_dwcrqt24y0.jpg)
_CJWiTNysSO.jpg)
_C8lrvZZoNu.jpg)
_ynDlVjOgAT.jpg)
_8hLUYxBz4f.jpg)
_EKfyk9x4KV.jpg)
_ha3t6lpKOd.jpg)
_khwBHnOwo4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण