‘यो नेपाली शिर उचाली’ गीतमा विक्की कौशलको ‘खुकुरी डान्स’
मुम्बई । बलिउड अभिनेता विक्की कौशलले नेपाली गीत ‘यो नेपाली शिर उचाली’ मा नृत्य गरेका छन् । उनले गोर्खाली सेनाको एक कार्यक्रममा पुगेर सेनाहरुसँग नृत्य गरेका छन् ।
जसको जानकारी विक्कीले सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले लेखेका छन्, ‘मलाई उनीहरुको खुकुरी बोक्ने सौभाग्य मिल्यो । उनीहरुसँग नै डान्स गर्न पाउँदा खुशी छु । जय मा काली, आयो गोर्खाली ।’
विक्की पछिल्लो समय फिल्म ‘सामबहादुर’ को कारण चर्चामा छन् । डिसेम्बर १ मा रिलिज हुने फिल्मको प्रचार प्रसारमा उनी यतिबेला जोडतोडले लागिरहेका छन् । फिल्ममा उनले ‘सामबहादुर’ नाम गरेका एक भारतीय आर्मी अफिसर्सको भूमिकामा निर्वाह गरेका छन् ।
फिल्मको केही अगाडि ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलर सार्वजनिक भएपछि विक्कीको कामको धेरैले खुलेरै तारिफ गरिरहेका छन् । बक्स अफिसमा यो फिल्मले राम्रो कमाई गर्ने अनुमान गरिएको थियो । फिल्ममा विक्कीको अलवा फातिमा सना शेख, सान्या मल्होत्रा लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण