छठ एकता र सदभावको पर्व : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा आपसी एकता, सदभावको र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन छठ पर्वले सबैलाई प्रेरणा दिने बताएका छन् । छठ पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान विभेद र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
“छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा सामाजिक एकतालाई कायम गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
उनले भूगोल र क्षेत्रफलका हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व र सभ्यताका दृष्टिले नेपाल विश्वमै वैभवशाली रहेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण