इजरायलमा बेपत्ता विपिनबारे दूतावास र परराष्ट्र मन्त्रालयको फरक–फरक सूचनाले परिवारजन अन्योलमा
धनगढी । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता भएका विपिन जोशीबारे परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले प्रवाह गरेको फरक–फरक सूचनापछि उनको परिवारजन अन्योलमा परेको छ ।
भीमदत्त नगरपालिका–३, कञ्चनपुरका जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो । उता इजरायलस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति जारी गरेर जोशी अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताएको छ ।
यी दुईथरी सूचनाले जोशीका परिवारजनमा अन्योल बढाएको हो । जोशीका दाजु किशोर जोशीले भने, ‘हामी एकदमै आशावादी छौँ । राम्रो समाचार नै सुन्न चाहेका हौँ । तर वास्तविक कुरो के हो भनेर बुझ्न आजै (सोमबार) बिहान दूतावासमा सम्पर्क गरेको थिएँ । तर दूतावासले अझै सम्पर्कविहीन नै रहेको बतायो ।’
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत जोशीसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।
गत असोज २० गते इजरायलको किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए । उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् शरीरमा कोलस्ट्रोल बढाउने खाना
-
अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक
-
६ पटकको च्याम्पियन अस्ट्रेलियालाई उत्साही न्युजिल्यान्डको चुनौती
-
‘हरिबहादुरको जुत्ता’ छायाङ्कन अघि नै ओएसआरले किन्यो डिजिटल राइट
-
वालेटमार्फत एकैदिन ३० वटासम्म कारोबार गर्न सकिने
-
प्रमुख राजनीतिक दलहरूले दसैँ–तिहारको अवसरमा चियापान नगर्ने