यस्तो छ आईसीसीको विश्वकप टोली, पाकिस्तानी खेलाडीले स्थान पाएनन्
काठमाडौँ । आईसीसीले विश्वकप २०२३ का खेलाडीहरूको टोली तयार गरेको छ । यसमा पाँच देशका १२ खेलाडीहरूलाई स्थान दिइएको हो । यसलाई आईसीसीले ‘टीम अफ टूर्नामेन्ट’ नाम दिएको छ । आईसीसीको विश्वकप टोलीमा सबैभन्दा धेरै ६ जना भारतीय खेलाडीहरू छन् ।
टोलीको कप्तान भारतीय कप्तान रोहित शर्मालाई सुम्पिएको छ । शर्माबाहेक टोलीमा स्थान बनाउने भारतीय खेलाडीहरूमा विराट कोहली (७६५ रन), केएल राहुल (४५२ रन), रवीन्द्र जडेजा (१२० रन, १६ विकेट), जसप्रित बुमराह (२० विकेट) र मोहम्मद शमी (२४ विकेट) रहेका छन् ।
भारत आइतबार अहमदाबादमा खेलिएको फाइनल खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । आईसीसीको टोलीमा अस्ट्रेलियालाई च्याम्पियन बनाउने तथा फाइनलमा म्यान अफ द म्याच चुनिएका ट्राभिस हेडलाई भने समावेश गरिएको छैन । उनले फाइनलमा १ सय ३७ रन बनाएका थिए ।
यस टोलीमा अस्ट्रेलियाका दुई खेलाडी ग्लेन म्याक्सवेल (४ सय रन) र एडम जाम्पा (२३ विकेट) समावेश गरिएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका क्विन्टन डी कक (५९४ रन) र जेराल्ड कोट्जी (१२ औँ खेलाडी), न्युजिल्याण्डका डेरेल मिचेल (५५२ रन) र श्रीलंकाका दिलशान मधुशंका (२१ विकेट) सामेल छन् ।
टोलीलाई इयान बिसपसहित तीन कमेन्टेटर, एक पत्रकार र आईसीसीका जनरल म्यानेजर वसीम खानले चुनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण