लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय मन कुमार विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी शिव मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यता पर्साको वीरगंज महानगरपालिका-८ घण्टाघरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम, नगद ८ हजार रूपैयाँ, मोबाइल १ थानसहित भारत मोतिहारी थाना नकरदेई बिर्ता बस्ने २५ वर्षीय जादु लाल कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरीले साइकलयात्री यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण