आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीसँग एकताबारे निर्णय लिन नेसपाको कार्यकारिणी बैठक आलोकनगरमा

मङ्गलबार, ०५ मङ्सिर २०८०, १७ : ३७
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । माओवादी केन्द्रसँग पार्टी एकताका लागि औपचारिक निर्णय गर्न बाबुराम  भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी बैठक जारी छ । सोमबार राति अध्यक्ष बाबुराम भट्टराई निवास टोखामा बसेको शीर्ष चार नेताले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो ।

 सोही सहमतिलाई मंगलबार माइन्युटमा हस्ताक्षर गरी कार्यकारिणी बैठकले अनुमोदन गर्ने महासचिव रमेश यादवले बताएका थिए । अहिले केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी रहेको उपाध्यक्ष एवं प्रवक्ता दुर्गा सोवले बताइन् । उनका अनुसार बैठकले गर्ने निर्णयलाई बुधवार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गर्नेछ । 

‘अहिले बैठक जारी छ । केन्द्रीय कार्यकारिणी बैठकको एजेन्डाबारे छलफल भइरहेको छ’, उनले भनिन् । बैठकले बाबुराम नेतृत्वमा एकता समायोजन समिति गठन र एकताबारे ठोस निर्णय लिनेछ । बैठक ३ बजेदेखि बसेदेखि जारी छ । यसअघि बिहान ११ बजे पदाधिकारी बैठक बसेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप