माओवादीसँग एकताबारे निर्णय लिन नेसपाको कार्यकारिणी बैठक आलोकनगरमा
काठमाडौँ । माओवादी केन्द्रसँग पार्टी एकताका लागि औपचारिक निर्णय गर्न बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी बैठक जारी छ । सोमबार राति अध्यक्ष बाबुराम भट्टराई निवास टोखामा बसेको शीर्ष चार नेताले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो ।
सोही सहमतिलाई मंगलबार माइन्युटमा हस्ताक्षर गरी कार्यकारिणी बैठकले अनुमोदन गर्ने महासचिव रमेश यादवले बताएका थिए । अहिले केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी रहेको उपाध्यक्ष एवं प्रवक्ता दुर्गा सोवले बताइन् । उनका अनुसार बैठकले गर्ने निर्णयलाई बुधवार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गर्नेछ ।
‘अहिले बैठक जारी छ । केन्द्रीय कार्यकारिणी बैठकको एजेन्डाबारे छलफल भइरहेको छ’, उनले भनिन् । बैठकले बाबुराम नेतृत्वमा एकता समायोजन समिति गठन र एकताबारे ठोस निर्णय लिनेछ । बैठक ३ बजेदेखि बसेदेखि जारी छ । यसअघि बिहान ११ बजे पदाधिकारी बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण