जाजरकोटमा अस्थायी संरचनाबाट प्रशासन सेवा
जाजरकोट । बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पले एतिहासिक जाजरकोट दरबारमा पनि क्षति बनाएपछि यहाँ सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय अस्थायी संरचना बनाएर सञ्चालन गरिएको छ ।
शुक्रबारदेखि अस्थायी संरचनाबाट सेवा प्रवाह हुन थालेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रशासन कार्यालय रहेको सेतो दरबार दुई सय २८ वर्ष पुरानो र रातो दरबार दुई सय ७५ वर्ष पुरानो थियो । तीन पटकसम्म भूकम्प खेपेका यी दरबार यो पटक भने बस्नै नमिल्ने अवस्थामा पुगेका छन् ।
उक्त कार्यालयले खुल्ला चौरमा त्रिपाल (डिब्बा) राखेर दैनिक सरकारी सेवा दिन थालेको उनले बताए । नागरिकता, राहदानी, तथा अन्य विभिन्न सिफारिसदेखि अन्य काम यिनै डिब्बाबाट भइरहेको छ । उनान्चास घर परिवारका ७७ मृतकका परिवारलाई विपद् व्यवस्थापन कोषबाट रु एक करोड २७ लाख राहत स्वरुप दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण