जाजरकोटमा अस्थायी संरचनाबाट प्रशासन सेवा
_bagA5END64.jpg)
जाजरकोट । बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पले एतिहासिक जाजरकोट दरबारमा पनि क्षति बनाएपछि यहाँ सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय अस्थायी संरचना बनाएर सञ्चालन गरिएको छ ।
शुक्रबारदेखि अस्थायी संरचनाबाट सेवा प्रवाह हुन थालेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रशासन कार्यालय रहेको सेतो दरबार दुई सय २८ वर्ष पुरानो र रातो दरबार दुई सय ७५ वर्ष पुरानो थियो । तीन पटकसम्म भूकम्प खेपेका यी दरबार यो पटक भने बस्नै नमिल्ने अवस्थामा पुगेका छन् ।
उक्त कार्यालयले खुल्ला चौरमा त्रिपाल (डिब्बा) राखेर दैनिक सरकारी सेवा दिन थालेको उनले बताए । नागरिकता, राहदानी, तथा अन्य विभिन्न सिफारिसदेखि अन्य काम यिनै डिब्बाबाट भइरहेको छ । उनान्चास घर परिवारका ७७ मृतकका परिवारलाई विपद् व्यवस्थापन कोषबाट रु एक करोड २७ लाख राहत स्वरुप दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र
-
भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन ८० करोड खर्च गर्दै कर्णाली सरकार
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला
-
प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय