बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
मङ्सिर ७ को पूर्वसन्ध्या : काठमाडौँ भित्रिने नाकाको चेकिङमा कडाइ, तस्बिरहरू हेर्नुहोस्
दुर्गा प्रसाईं भर्सेस युवा संघ

मङ्सिर ७ को पूर्वसन्ध्या : काठमाडौँ भित्रिने नाकाको चेकिङमा कडाइ, तस्बिरहरू हेर्नुहोस्

बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । बिहीबार दुर्गा प्रसाईं र युवा संघले गर्न लागेको काठमाडौँ केन्द्रित प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका भित्रिने नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । काठमाडौँ प्रवेश गर्ने थानकोट र साँगा नाकामा सुरक्षा निकायको दुई तह- नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी नाकाहरूमा विशेष सुरक्षा सतर्कता बढाइएको हो । 

ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको छ । अवैधानिक तथा प्रतिबन्धित वस्तु उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ चेकिङ भइरहेको छ । यात्रुवाहक निजी तथा सार्वजनिक तथा मालवाहक सवारीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी राखिएको छ । 

रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठले थानकोट तथा कृष्ण खड्काले साँगा पुगेर कैद गरेका केही तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया