चीन र उरुग्वेबीच रणनीतिक साझेदारी बढाउने सहमति
बेइजिङ । “चीन र उरुग्वेबीच रहँदै आएको सम्बन्धलाई ‘व्यापक रणनीतिक साझेदारी’ का रूपमा परिणत गर्ने सहमति भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङ र उरुग्वेका समकक्षी लुइस लाकाले पोउबीच बुधबार भएको भेटवार्तामा उक्त सहमति भएको हो ।
चीन उरुग्वेको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो जहाँ यसले पूर्वाधारमा अरबौं डलरको लगानी गरिरहेको छ । यो लगानी ल्याटिन अमेरिकामा बेइजिङको निरन्तर बढ्दो प्रभावसँग मेल खान्छ ।
“चीन र उरुग्वेबीच ‘व्यापक रणनीतिक साझेदारी’ लाई व्यापक बनाइएको छ,” सीलाई उद्धृत गर्दै सरकारी प्रसारक सिसिटिभीले लेखेको छ ।
चीनले ल्याटिन अमेरिकालाई प्राकृतिक स्रोतहरूको विश्वव्यापी खोजीको एक भागको रूपमा लक्षित गरेको छ, धेरै देशहरू चीनको दशक लामो ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ पूर्वाधार परियोजनामा सामेल भएका छन् ।
ब्राजिल, अर्जेन्टिना र पराग्वेसहित उरुग्वे दक्षिण अमेरिकी व्यापारिक समूह मर्कोसुरको एक भाग हो ।
चीनसँग स्वतन्त्र रूपमा व्यापारिक सम्झौता गर्ने इच्छाले विगतमा सहकर्मी सदस्यहरूको विरोध र समूह फुट्न सक्ने अफवाहहरू समेत मोन्टेभिडियोले फैलाएको थियो ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको नेतृत्वमा ब्राजिलले चीनसँगको बलियो सम्बन्धलाई पुनः पुष्टि गरेको छ ।
तर अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति जेभियर माइलीले आफ्नो चुनावी अभियानका क्रममा चीनसँग सम्बन्ध तोड्ने धम्की दिनुभएको थियो भने पाराग्वेले ताइवानसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।
सीले बुधबार चीन–उरुग्वे सम्बन्धलाई ‘ऐक्यबद्धता र सहयोगको नमुना’ बनाउन आफू प्रतिबद्ध रहेको बताएका थिए ।
सञ्चारमाध्यमलाई दिएको टिप्पणीमा ल्याकाले पोउले आफ्नो देशले हालै चीनमा आफ्नो कूटनीतिक उपस्थिति लाई मजबुत बनाएको उल्लेख गर्दै ’बहुआयामिक सम्बन्ध’लाई अझ प्रगाढ बनाउन चाहेको बताए ।
उनले ब्रिक्सको उदीयमान अर्थतन्त्रले सांघाईमा मुख्यालय रहेको संस्था न्यू डेभलपमेन्ट बैंकमा सामेल हुन उरुग्वेले कदम चालेको बताए ।
उनले सीलाई अर्को वर्ष उरुग्वे भ्रमणको निम्तो पनि दिएका छन् ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण