दुर्गा प्रसाईंको अभियानलाई जनमत पार्टीका नेताको साथ
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाललाई जनमत पार्टीका केन्द्रीय सदस्य तेजनारायण कँडेलले साथ दिने भएका छन् । उनी दुर्गा प्रसाईंको अभियानको बाँके संयोजक पनि बनेका छन् ।
कँडेलले प्रसाईंको अभियानमा सहभागीका लागि आह्वान समेत गरेका छन् । जनमत पार्टीका बाँके जिल्ला इन्चार्ज समेत रहेका नेता कँडेलले भनेका छन्, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको केन्द्रीय संयोजक दुर्गा प्रसाईंप्रति यो महान् जनआन्दोलनको आह्वान र नेतृत्वका लागि हार्दिक कृतज्ञता प्रकट गर्दछु । मंसिर ७ गतेबाट सुरु हुने यो महान् जनआन्दोलनमा सरिक भई व्यवस्था परिवर्तन केन्द्रित आन्दोलन सफल बनाउन आह्वान गरेको छु ।’
रातोपाटीसँग कुरा गर्दै नेता कँडेलले देश रहे मात्र राजनीतिक दल वा राजनीतिक गर्न पाइने भएकाले अभियानमा लागेको तर्क गरे ।
‘देश रहे मात्र राजनीतिक दल वा राजनीतिक गर्न पाइन्छ, देश नै रहँदैन भने यस्ता राजनीतिक दलको केही काम छैन भनेर दुर्गा प्रसाईंको महाअभियानमा लागेको हुँ’, उनले भने, ‘पार्टीले मलाई राखोस् या नराखोस् केही मतलब छैन ।’
उनले जनमत पार्टीले देश परिवर्तनका लागि ठुला ठुला सपना बाँडेको भए पनि बाटो बिराएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण