इङ्ल्यान्डमा व्यावसायिक फुटबल खेल्ने दक्षिण एसियाली खेलाडीको सङ्ख्या निरन्तर बढ्दो
काठमाडौँ । इङ्गल्यान्ड र वेल्सका क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने दक्षिण एसियाका पुरुष खेलाडीहरूको सङ्ख्या निरन्तर बढिरहेको एक अध्ययनले देखाएको छ । लगातार दोस्रो वर्ष यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको प्रोफेसनल फुटबलर्स एसोसिएसनद्वारा तयार पारिएको तथ्याङ्कले देखाएको छ ।
यो वर्ष दक्षिण एसियाली राष्ट्रका १७ वर्षभन्दा माथिका २२ जना खेलाडीले विभिन्न क्लबबाट इङ्ल्यान्डको व्यावसायिक लिग खेलेको बताइएको छ । यो तथ्याङ्कमा इङ्ल्यान्डको माथिल्लो चारवटा लिग खेल्ने खेलाडीहरूलाई मत्र समेटिएको छ ।
गत वर्षको तुलनामा यो सङ्ख्यामा २९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष दक्षिण एसियाली राष्ट्रका १७ जना खेलाडीले इङ्ल्यान्डका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । त्यसअघि सन् २०२१–२२ मा भने दक्षिण एसियाका १६ जना खेलाडीले मात्र इङ्ल्यान्डको व्यावसायिक लिग खेलेका थिए ।
प्रोफेसनल फुटबलर्स एसोसिएसनले सन् २०२१–२२ देखि नै यस्तो तथ्याङ्क संकलन गर्न थालेको हो । ‘इङ्ल्यान्डमा व्यावसायिक लिग खेल्ने दक्षिण एसियाली खेलाडीहरूको सङ्ख्या निरन्तर उकालो लागिरहेको देखिन्छ,’ प्रोफेसनल फुटबलर्स एसोसिएसनका कार्यकारी रिज रेहमान भन्छन् ।
रेहमानका अनुसार, इङ्ल्यान्डको लिगमा दक्षिण एसियाली खेलाडीहरूको प्रदर्शनसमेत सन्तोषजनक देखिएको छ । ‘दक्षिण एसियाका खेलाडीहरूको प्रदर्शन पनि सन्तोषजनक छ । आगामी दिनमा यसलाई अझ स्तरीय बनाउँदै लैजानु आवश्यक छ,’ उनले भनेका छन् ।
इङ्ल्यान्डको सबैस्तरको क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने दक्षिण एसियाली खेलाडीको सङ्ख्या भने यो वर्ष एक सय ३४ पुगेको छ । अघिल्लो वर्ष यो सङ्ख्यामा एक सय १९ रहेको थियो । इङ्ल्यान्डमा व्यावसायिक फुटबल खेल्ने खेलाडीको सङ्ख्या भने पाँच हजारको हाराहारीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण