बागबजारबाट हुन्डी र अनलाइन जुवाको ९९ लाख नगदसहित एकजना पक्राउ
बिहीबार, ०७ मङ्सिर २०८०, १३ : ४३
काठमाडौँ । काठमाडौँको बागबजारबाट प्रहरीले हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ छन् ।
आरोपीको साथबाट ९९ लाख २ हजार हुण्डी र अनलाइन जुवाको रकम बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नबराज अधिकारीले रातोपाटीलाई बताए । ब्युरोको टोलीले आरोपीतको घर खानतलाली गरेर ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर बरामद गरेको हो ।
ब्यूरोले उनिबिरुद्ध राष्ट्रबैंक ऐन–२०५८ अन्तर्गतको कसुर गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ । श्रेष्ठले बिना अनुमति ‘क्यास एप’ लगायतका मोबाइल एप संचालन गरेर हुण्डी, अनलाईन जुवा र क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण