युवा संघ प्रदर्शन
प्रचण्डलाई माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
बिहीबार, ०७ मङ्सिर २०८०, १४ : ५८
काठमाडौँ । एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए नेकपा एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् ।
बिहीबार तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्घका संयोजक समेत रहेका बस्नेतले एमालेको कार्यक्रम अव सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने बताए ।
‘म प्रचण्डको कान खोल्ने गरेर झिर रोपेर सुन्न चेतावनी दिन्छु –तपाईँ सच्चिनु भएन भने नेपाली जनताको भविष्य अन्धकार बनाउनुभयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो ? त्यो तागत युवा विद्यार्थीहरूसँग छ, एमालेसँग छ’, बस्नेतको चेतावनी छ ।
उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण