दुर्गा प्रसाईँको आन्दोलनबारे प्रतिक्रियाविहीन राजेन्द्र लिङ्देन !
बिहीबार, ०७ मङ्सिर २०८०, २३ : ०५
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँमा दुर्गा प्रसाईँले बिहीबार गरेको आन्दोलनको विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको जनाएका छन् ।
राप्रपाकै कतिपय नेता तथा कार्यकर्ताहरु प्रसाईँको आन्दोलनमा सहभागी भएका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि प्रसाईँको कार्यक्रममा सहभागी भएका थिए । प्रसाईँको आन्दोलनको विषयलाई दुई धारमा विभाजित बनिरहेको बेला अध्यक्ष लिङ्देनले भने आफ्नो कुनै प्रतिक्रिया नहुने बताएका हुन् ।
‘हाम्रा साथीहरु सहभागी भए होला । तर, संस्थागत हाम्रो कुनै निर्णय भएको छैन’, रातोपाटीसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘आन्दोलनको विषयमा मेरो कुनै प्रतिक्रिया छैन । हामीले यसलाई एकदमै होसियारीपूर्वक हेरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण