बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईँको आन्दोलनबारे प्रतिक्रियाविहीन राजेन्द्र लिङ्देन !

बिहीबार, ०७ मङ्सिर २०८०, २३ : ०५
बिहीबार, ०७ मङ्सिर २०८०

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँमा दुर्गा प्रसाईँले बिहीबार गरेको आन्दोलनको विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको जनाएका छन् ।

राप्रपाकै कतिपय नेता तथा कार्यकर्ताहरु प्रसाईँको आन्दोलनमा सहभागी भएका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि प्रसाईँको कार्यक्रममा सहभागी भएका थिए । प्रसाईँको आन्दोलनको विषयलाई दुई धारमा विभाजित बनिरहेको बेला अध्यक्ष लिङ्देनले भने आफ्नो कुनै प्रतिक्रिया नहुने बताएका हुन् ।

‘हाम्रा साथीहरु सहभागी भए होला । तर, संस्थागत हाम्रो कुनै निर्णय भएको छैन’, रातोपाटीसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘आन्दोलनको विषयमा मेरो कुनै प्रतिक्रिया छैन । हामीले यसलाई एकदमै होसियारीपूर्वक हेरिरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप