आजदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
शुक्रबार, ०८ मङ्सिर २०८०, ०६ : ५०

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् ।
प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए।
करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का
-
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
-
अबदेखि सीटीईभीटीका कुनै पनि कार्यक्रम पढ्न प्रवेश परीक्षा दिनुनपर्ने
-
नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठ, तस्बिरहरू
-
नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
‘चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए, विकल्पमा जाऊँ’