दुर्गा प्रसाईंले साढे ४ बजे निवासभित्रै पत्रकार सम्मेलन गर्ने
काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको ब्यानरमा मङ्सिर ७ गतेदेखि काठमाडौँ काठमाडौँ केन्द्रित आन्दोलन थालेका उनलाई शुक्रवार प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन ।
आफू होम अरेस्ट अर्थात नजरबन्दमा परेको बताउने उनले घरभित्र साढे ४ बजे पत्रकार सम्मेलन गर्ने उनको सचिवालयले जनाएको छ । दोस्रो दिनको आन्दोलन काठमाडौँको तीनकुनेमा गर्ने र श्रीलङ्काको शैलीमा नेताका घर घरमा जाने बताएपछि प्रशासनले उनी र उनका समर्थकमाथि कडा नीति लिएको छ ।
काठमाडौँको तीनकुने लगायतका क्षेत्रमा प्रदर्शन गर्न पुगेका उनका समर्थकलाई पक्राउ गरेको छ भने उनको निवास स्थल ठिमीमा ठुलो सङ्ख्या सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । उनले आफ्ना १३ सय भन्दा बढी कार्यकर्ता पक्राउ गरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण