सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

दुर्गा प्रसाईंले साढे ४ बजे निवासभित्रै पत्रकार सम्मेलन गर्ने

शुक्रबार, ०८ मङ्सिर २०८०, १६ : १३
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको ब्यानरमा मङ्सिर ७ गतेदेखि काठमाडौँ काठमाडौँ केन्द्रित आन्दोलन थालेका उनलाई शुक्रवार प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन । 

आफू होम अरेस्ट अर्थात नजरबन्दमा परेको बताउने उनले घरभित्र साढे ४ बजे पत्रकार सम्मेलन गर्ने उनको सचिवालयले जनाएको छ । दोस्रो दिनको आन्दोलन काठमाडौँको तीनकुनेमा गर्ने र श्रीलङ्काको शैलीमा नेताका घर घरमा जाने बताएपछि प्रशासनले उनी र उनका समर्थकमाथि कडा नीति लिएको छ । 

काठमाडौँको तीनकुने लगायतका क्षेत्रमा प्रदर्शन गर्न पुगेका उनका समर्थकलाई पक्राउ गरेको छ भने उनको निवास स्थल ठिमीमा ठुलो सङ्ख्या सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । उनले आफ्ना १३ सय भन्दा बढी कार्यकर्ता पक्राउ गरिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप