मोनाकोलाई हराउँदै शीर्ष स्थानमा पीएसजीको अग्रता
पेरिस । सात गोलको रोमाञ्चक खेलमा मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेनले लिग वानको शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी ५–२ गोलले विजयी बनेको हो ।
खेलको १८ औँ मिनेटमा घरेलु टोली पीएसजीले गोन्कालो रामोशको गोलमा अग्रता लिएको थियो । तर, ४ मिनेटपछि गोलकिपर जियानलुइजी डोनारुमाको गल्तीको फाइदा उठाउँदै टाकुमी मिनामिनोले खेल बराबरी गरे । ३९ औँ मिनेटमा किलियान एम्बाप्पेले ३९ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफको ७० औँ मिनेटमा ओसमान डेम्बेलेले टोलीका लागि तेस्रो गोल थपे भने दुई मिनेटपछि भिटिन्हाले चौथो गोल गरे । ७५ औँ मिनेटमा फोलारिन बालोगुनले मोनाकोका लागि दोस्रो गोल फर्काए पनि इन्जुरी समयमा रान्डाल कोलोले पीएसजीका लागि अर्को गोल गर्दै फराकिलो जीत दिलाए ।
१३ खेलपछि पीएसजीको ३० अङ्क रहेको छ । मोनाको भने २४ अङ्कसहित तेस्रो स्थानमा छ । अब पीएसजीले च्याम्पियन्स लिगमा न्युक्यासलको सामना गर्दैछ । टोली यसअघि न्युक्यासलको घरेलु मैदानमा ४–१ गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण