१३ जना बन्धकको सट्टामा इजरायलद्वारा ३९ प्यालेस्टिनी बन्दी रिहा
शनिबार, ०९ मङ्सिर २०८०, १३ : ०४
तेल अभिभ । हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि ३९ प्यालेस्टाइनी बन्दी रिहा भएका छन्। २४ महिला र १५ किशोरहरूको समूहलाई बन्धक र बन्दी आदानप्रदानको एक भागको रूपमा रिहा गरिएको हो।
उनलाई इजरायलको कब्जामा रहेको वेस्ट बैंकको बेतुनिया चेकपोस्ट नजिक रिहा गरिएको थियो। कतारको मध्यस्थतामा कैदीहरूलाई रिहा गरिएको थियो ।
यसमा इजरायल र हमासबिचको द्वन्द्वमा चार दिनको विराम दिइएको छ । रिहा भएका कैदीहरूमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका अभियोगहरू छन्। तीमध्ये केही दोषी ठहर भइसकेका छन् भने केही मुद्दा चलिरहेका छन् ।
यसअघि हमासले १३ इजरायली बन्धकहरूलाई रिहा गरेको थियो। यी बन्धकहरूलाई राहत कार्यमा संलग्न रेडक्रसलाई सुम्पिएको थियो र इजिप्टसँगको गाजाको सिमानामा लगिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण