लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौँ । कञ्चनपुर र कास्की जिल्लाबाट लागूऔषधसहित तीन जनाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-९ धनसिंगा बस्ने ४० वर्षीया लक्ष्मी जैशी र भरात लख्खिमपुर खिरी विसैनपुरी उत्तर प्रदेश भारत बस्ने ४९ वर्षीय महंगा सिहलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ४ सय ८७ ग्राम १ सय २० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्डा कंकडबाट खटिएको प्रहरीले लक्ष्मी जैशीको घरबाट उक्त लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो ।
उता कास्कीको पोखरा महानगरपालिका-१४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३५ ग्राम र गाँजाको तयारी धुलो (पोल्यान) जस्तो देखिने पदार्थ १० ग्रामसहित नर्वेका नागरिक ५३ वर्षीय रुन फ्लाथा शुक्रबार बिहान पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौँ जान लागेका उनलाई विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध गाँजा शीर्षक मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण