आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘कुरा बुझ्नुभयो नि, यो समय दुर्गा प्रसाईंको हो’

शनिबार, ०९ मङ्सिर २०८०, १४ : ४१
शनिबार, ०९ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालीको समय १०० वर्ष आन्दोलनमा गएको बताएका छन् । शनिबार राजधानीको सिफलमा आयोजित प्रदर्शनका क्रममा बोल्दै उनले अबको समय विकास र समृद्धिको रहेको भन्दै सबै नेपाली राष्ट्रवादी बन्न जरुरी रहेको बताए । 

उनले राजावादीलाई पनि राजावादी नभएर आफूहरुको आन्दोलनमा राष्ट्रवादी भएर नेपालको झण्डा बोकेर आउन आह्वान गरे ।  नेपालको झण्डामुनि गोलबद्ध भएर भ्रष्टाचार र गरिबीविरुद्ध लड्नुपर्ने उनको भनाइ थियो । ‘कुरा बुझ्नुभयो नि, एक समय रेडियोले भन्थ्यो, यो समय मुना चियाको हो । अहिले यो समय  दुर्गा प्रसाईंको हो । देशको विकास गर्न दुर्गा प्रसाई जन्मिएको छ।’, उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप