दुर्गा प्रसाईंकाे आन्दोलन
आफ्नो आन्दोलनलाई काठमाडौँबासीले नसघाएको दुर्गा प्रसाईंको गुनासो
शनिबार, ०९ मङ्सिर २०८०, १४ : ५३
२
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् । शनिवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेसिएको र देशमा बस्न सक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे ।
‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गछुं । साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।
उनले काठमाडौँ ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण