दसैँ–तिहारको बिचमा ४३ हजारभन्दा बढी नेपाली बिदेसिए
काठमाडौँ । चाडपर्वमा परदेशिएकाहरू जसरी पनि घर आउँछन् । त्यसमाथि दसैँ–तिहारमा घर फर्किनेको संख्या अत्यधिक हुन्छ । तर, यहीबिचमा परदेश जानेको संख्या भने निकै बढी देखिन्छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै ४३ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा पुनः श्रम स्वीकृति लिएकाहरू समेत रहेको विभागले जनाएको छ ।
श्रम स्वीकृति मात्रै लिनेको संख्या भने कात्तिकमा २४ हजार ७८ जना छन् । जसमा २० हजार ३६२ पुरुष र ३ हजार ७१६ महिला रहेका छन् ।
१९ हजार ५४४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् । विभागको तथ्यांक अनुसार त्यसरी श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेहरूमध्ये ३८ हजार ३२२ पुरुष र ५ हजार ३०० महिला रहेका छन् ।
१८ हजार १२५ जनाले संस्थागत श्रम स्वीकृति लिएका छन् भने ५ हजार ७५१ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै २०२ जना जी टु जीमार्फत श्रम स्वीकृति लिएका छन् ।
कात्तिक महिनामा सबैभन्दा बढी यूएईका लागि ७ हजार ४१० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी अरेबियाका लागि ३ हजार ५००, कतारका लागि २ हजार ४३४, मलेसियाका लागि ३ हजार ९७९, कुवेतका लागि १ हजार ४४८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण