चितवनमा ४ महिनामा १ सय ६७ वटा घरेलु हिंसाका घटना
चितवन । जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन । दर्ता भएका निवेदनमध्ये खान लाउन नदिएकोसम्बन्धी ४५ वटा, कुटपिटसम्बन्धी ७० वटा र गाली बेइज्जतीसम्बन्धी ५२ वटा छन् ।
कूल निवेदनमध्ये एक सय २८ वटा मिलापत्र भएका छन् । साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८–७९ मा चार सय ४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए । आर्थिक वर्ष २०७९–८० मा यो सङ्ख्या तीन सय ९५ थियो । निवेदनमध्ये सबैभन्दा धेरै कुटपिटसम्बन्धी उजुरी रहेको उनले जानकारी दिए ।
यस्तै कार्यालयको तथ्याङ्कअनुसार चालु आवको कात्तिकसम्ममा १६ वटा जबरर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । यस्तै दुई वटा जबरर्जस्ती करणी उद्योगसम्बन्धी, १३ वटा बालयौन दुव्र्यवहारसम्बन्धी, एउटा अप्राकृतिक मैथुनसम्बन्धी, चार वटा बहुविवाह र एउटा बालबिबाहसम्बन्धी उजुरी दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : उपनिर्वाचनको चुनावी परिणाममा ठूला दलकै बर्चश्वदेखि सकिएन रविको बयानसम्म
-
सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४ मा जसपा नेपालका यादव विजयी
-
ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमालेको अग्रता कायमै
-
नलगाड नगरपालिकामा मतगणना सुरु
-
दैलेखको दुल्लु नगरपालिका-१३ मा ३ मतले कांग्रेस-एमालेबीच हारजित, लालबहादुर बने वडाध्यक्ष
-
गढी गाउँपालिकामा कडा टक्कर : पहिलो र तेस्रोबिच मात्र ४ मतको अन्तर