समाचार
क्यानडाको राजदूतमा सिफारिस पौडेलको नाम सर्वसम्मत अनुमोदन
आइतबार, १० मङ्सिर २०८०, १७ : ००
१
काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको जसपाका सांसद प्रकाश अधिकारीले जानकारी दिए ।
परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो । यही मंसिर २० गते सचिवको कार्यकाल सकिदै गर्दा सरकारले उनलाई क्यानडाको राजदूतमा सिफारिस गरेको हो ।
सरकारले सिफारिस गरेपछि समितिले अनुमोदन गर्ने र तयसपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । पौडेलविरुद्ध दुई उजुरी परेका थिए । बैठकमा पौडेलले दिएको उजुरीमाथिको जवाफ चित्त बुझ्दो भएकाले सर्वसम्मत अनुमोदन गरेको अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण