सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

आइतबार, १० मङ्सिर २०८०, २३ : ४०
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । औचित्य सकिएको भन्दै न्यायाधीश  कुमार चुडालको  एकल इजलासले  आइतबार रिट खारेज गरेको हो ।

भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको  भन्दै प्रसाईंले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।  वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । 

बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिइएको थियो भने केहीलाई सम्झाइबुझाइ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको थिएन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप