ग्लोबल आइएमई बैंकको २५१औँ शाखा बैतडीको पाटनमा
सोमबार, ११ मङ्सिर २०८०, ११ : १७
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच शाखाको समुद्घाटन गरे ।
नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५१ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण