आफ्ना फोनमा ‘ग्यालेक्सी एआई’ ल्याउँदै सामसङ, प्रयोगकर्तालाई सहजीकरण गर्ने
काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले आफ्ना उत्पादनमा भरपुर मात्रामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग सुरु गरेको छ । मोबाइल फोनमा ‘ग्यालेक्सी एआई’को प्रयोग नबढिरहेको अवस्थामा सामसङले भने यसको प्रयोगलाई व्यापक बनाउने प्रयास गरेको हो ।
‘ग्यालेक्सी एआई’ यतिबेला फोनको एक विश्वव्यापी इन्टेलिजेन्सकारुपमा अघि आएको छ । जुन यस अघि प्रयोग भएको थिएन । एआईले फोनलाई अवरोधरहित सञ्चारदेखि, सहज उत्पादकत्वसम्म र असीमित सिर्जनशीलतासम्म नयाँ सम्भावना देखाइरहेको छ ।
ग्यालेक्सी एआईमा दुई किसिमका एआई प्रविद्घि समावेश रहेको कम्पनीले जनाएको छ । सामसङले विकास गरेको डिभाइस एआई र अन्य उत्पादकद्वार उत्पादित क्लाउडमा आधारित एआई यसका मूख्य दुई फरक एआई हुन् । दुवैद्वारा संचालन हुने एक वृहत् मोबाइल एआई अनुभव हुने कम्पनीले जनाएको छ ।
यसले ग्यालेक्सी सुरक्षा र गोपनीयतामा सेवाग्राहीले पाउने विश्वसनीयता प्रत्येक दिन फेरिने बताइएको छ । एआई लाइभ ट्रान्सलेट कलले प्रयोगकर्ताको आवश्यक्ताअनुसार आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउनेछ । यसले गर्दा तेस्रो पक्षको एप चलाइरहन पर्ने झँझट रहँदैन ।
अडियो र टेक्स्ट प्रयोगकर्ताको आवाज र लेखाईकै समयमा अरु भाषामा अनुवाद भएर आउने छ । यो ग्यालेक्सी एआई डिभाइसमा नै भएको हुँदा प्रयोगकर्ताको गोप्य वार्तालापहरु फोनमा नै सिमित हुने बताइएको छ । कम्पनीले आउँदो वर्षको सुरुवातदेखि नै एआईको नयाँ संसार उपलब्धता गराउने कम्पनीेल जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण