दुर्गा प्रसाईंकाे आन्दोलन
गौशालाबाट आचार्य श्रीनिवाससहित १४ जना पक्राउ (सूचीसहित)
सोमबार, ११ मङ्सिर २०८०, १७ : ३१
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले काठमाडौँको गौशालाबाट १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जना छन् ।
आचार्य श्रीनिवासले त्रिशुल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ । पक्राउ पर्नेमा अछाम घर भएका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप घर भएका हरि बिसुन्के, सर्लाहीका दीपक गोस्वामी, दोलखाका देवेन्द्र कार्की, उदयपुर घर भएका भुवन परियार, पूर्वी नवलपरासीका यदुनाथ सिग्देल र राजु तामाङ छन् ।
पर्वत घर भएका देउबहादुर रिजाल, भक्तपुरका युभिन श्रेष्ठ, श्रीनिवास आचार्य, सुनसरीका सुजन खड्का, खोटाङ घर भएका मेहरमान बस्नेत र सुनसरीका दीपेश खड्कालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका मध्ये केही सामान्य घाइते छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण