पोर्चुगल पठाउँछु भनेर ठगेको आरोपमा महिला पक्राउ
सोमबार, ११ मङ्सिर २०८०, २० : २४
काठमाडौँ । वैदेशिक रोजगारीका लागी ‘पोर्चुगल पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक घर भएकी ४५ वर्षीया बुद्ध पञ्चकोटी छिन् ।
ललितपुरको सानागाउँ बस्ने पञ्चकोटीलाई टोखास्थित ग्राण्डी अस्पतालबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । बुद्ध पञ्चकोटीले सागर लामिछानेलाई पोर्चुगल पठाउँछु भनेर ७ लाख ५ हजार ठगेको आरोप छ । लामिछानेलाई उनले पोर्चुगल पुगेपछि मासिक १ लाख २० हजार कमाई हुने काममा लगाउने आश्वासन पनि दिएकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण