बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट पठायो फिर्ता

मङ्गलबार, १२ मङ्सिर २०८०, १३ : ४०
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ । पेप्सिकोला चोकमा रोकेर उनलाई ठिमी स्थित घरमा फिर्ता पठाइएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आजपनि प्रदर्शनको आयोजना गरेको छ । सोमबार गौशालामा झडप भएपछि प्रहरीले सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १५ जनालाई पक्राउ गरेको थियो ।

 पक्राउ पर्नेमा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा पनि छन् । पक्राउ गरिएका मध्ये केहीलाई मुद्दा चलाउने प्रहरीको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप