ऋषभ पन्त दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा आईपीएलमा फर्किने
काठमाडौँ । दुर्घटनामा परेपछि लामो समय मैदान बाहिर रहेका ऋषभ पन्त पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) मा फर्किने भएका छन् । आगामी सिजनको आईपीएलमा उनी दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा देखिने छन् ।
दूर्घटनामा परेपछि उनले अघिल्लो सिजनको आईपीएल र हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप पनि गुमाएका थिए । दिल्ली क्यापिटल्सका क्रिकेट निर्देशक सौरभ गांगुलीले २६ वर्षीय विकेटकिपर ब्याट्सम्यान पन्त आगामी आईपीएलमा कप्तानको भूमिकामा फर्किने जानकारी दिए ।
सडक दुर्घटनामा परेर घाइते भएका पन्तको घुँडाको शल्यक्रिया गरिएको थियो । उनको लिगामेन्टमा पनि गम्भीर समस्या देखिएको थियो । अहिले पन्तको स्वास्थ्यमा सुधार आएको समाचारमा जनाइएको छ । केही क्रिकेट विश्लेषकले भने पन्त अझै पूणर्रुपमा स्वस्थ्य भइनसकेको दाबी गरेका छन् ।
दिल्ली क्यापिटल्सले भने आगामी आईपीएलमा विकेटकिपरको भूमिका निर्वाह गर्न नसके पनि पन्तले टोलीका लागि उत्कृष्ट ब्याटिङ गर्ने विश्वास लिएको छ । दिल्ली क्यापिटल्सले आफ्ना दुवै विकेटकिपर फिल साल्ट र सरफराज खानलाई रिलिज गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण