बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जहरसिंह पौवा : विद्युत् पोल गाड्ने खाल्टोमा पसेर स्थानीयको अवरोध

बुधबार, १३ मङ्सिर २०८०, १५ : २३
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत परियोजना तथा एमसीसी परियोजनाको विरोध गर्दै काठमाडौँको जहरसिंह पौवामा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । बुधबार स्थानीयले परियोजनाको सब–स्टेशन राख्ने स्थल शंखरापुर वडा नम्बर ३ जहरसिंह पौवा, बोझिनीमा विरोध प्रदर्शन गरेका हुन् ।  

सो क्षेत्रमा सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर कामअघि बढाउन खोजेपछि स्थानीयले केहीदिन यता विरोध चर्काउँदै लगेका छन् । 

प्रहरीले गाउँमा क्याम्प खडा गर्न लागेको, अस्थायी चेकपोष्टहरु खडा गरेर स्थानीयलाई आतंकित पार्ने काम गरिरहेको स्थानीय तुलाराम लामाले बताए । स्थानीयले गरेको विरोध दबाउनका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको उनले बताए । आयोजना स्थलमा कामअघि बढाउन प्रहरी परिचालन गरेर विद्युत् पोल गाड्न लाग्दा स्थानीय महिलाहरूले पोल गाड्ने खाल्टोमा बसेर अवरोध गरिरहेका छन् । 

झण्डै चार वर्षदेखि स्थानीयहरुले सो क्षेत्रबाट विद्युत् प्रसारण लाइन र विद्युत् सब–स्टेशन हटाउन माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् । आयोजनाको कामअघि बढाउन सो स्थानमा सशस्त्र प्रहरीको क्याम्प राख्न खोजिएपछि गत साता स्थानीय र प्रहरीको झडप भएको थियो । सो क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए भने प्रहरीले १५ जना स्थानीयलाई पक्राउ गरेको थियो । 

सो स्थलमा विद्युत् सब स्टेशन निर्माणका लागि ५० जना जग्गाधनीबाट १७० रोपनी जग्गा अधिग्रहण गरिएपनि स्थानीयले बस्तिको बिचमा सब–स्टेशन बनाउन र विद्युत् प्रसारण लाइन लैजान नदिने भन्दै विरोध गर्दै आइरहेका छन् । उनीहरुले सो स्थानबाट आयोजनाको काम अन्यत्र सार्न माग गरेपनि सरकारले व्यापक मात्रामा प्रहरी परिचालन गरेर काम अगाडि बढाउन खोजिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप